सामान्य घट्यो सुनचाँदीको मूल्य

सामान्य घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा सोमबार सुन र चाँदी सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार सात सय रुपैयाँ कायम भएको छ।

आइतबार सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला चार हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबारचाँदीको मूल्य प्रतितोला चार हजार नौ सय ७५ रुपैयाँ थियो। चाँदीको मूल्य शुक्रबार भन्दा प्रतितोला ७५  रुपैयाँले बढेको हो। 

चैत ३०, २०८२ सोमबार ११:२०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।