ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया जारी
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया भइरहेको छ।
त्रिवि शिक्षण अस्पतालमा उनको शल्यक्रिया जारी रहेको अस्पतालका निर्देशक डा. सुवास आचार्यले जानकारी दिए।
‘उहाँको अप्रेशन अहिले भइरहेको छ,’ विहान ११ बजे उकेरासँग उनले भने, ‘केही बेर लाग्छ, अप्रेशनपछि उहाँको अवस्थाबारे हामीले प्रेस विज्ञप्ति जारी गर्छौँ।’
गत चैत १४ गते विहान गुन्डुस्थित निवासबाट पक्राउ परेका उनलाई त्यसयता अस्पतालमै राखिएको छ। सर्वोच्च अदालतको सोमबारको आदेशपछि उनी गत बिहीबार रिहा भएका थिए।
ओली आफैँले पछि जोखिम बढ्नसक्ने भएकाले अहिल्यै शल्यक्रिया गरिदिन अनुरोध गरेका थिए। चिकित्सकहरूले पनि जोखिमको मूल्यांकनपछि मात्र शल्यक्रिया गरिएको आचार्यले बताए।
चैत ३०, २०८२ सोमबार ११:१६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।