संघीय मामिलामन्त्री प्रतिभाको घरदेखि बैंकको नगदसम्मको स्रोत श्रीमानको आम्दानी
काठमाडौं : पत्रकारिता हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी प्रतिभा रावलको अधिकांश सम्पत्ति श्रीमानको नाममा देखिएको छ। आइतबार सार्वजनिक सम्पत्ति विवरणमा उनीसँग ३४ लाख बचत र ५ लाखको कैलालीमा जग्गा देखिन्छ।
सम्पत्ति विवरणमा काठमाडौंको बुढानीलकण्ठमा ७० लाख र बारामा ५ लाखको जग्गा रहेको उल्लेख छ। दुवै सम्पत्ति उनको नाममा रहेको तर स्रोत भने श्रीमानको आम्दानी रहेको उल्लेख छ। २५ तोला सुन रहेको र त्यसको स्रोत स्वआर्जन तथा परिवारको उपहार रहेको उनले उल्लेख गरेकी छिन्।
उनको नाममा विभिन्न बैंकमा २४ लाख रुपैयाँ बढी रकम बचत रहेको र उक्त रकम श्रीमानको आयबाट भएको उल्लेख गरेकी छन्। २० लाख रुपैयाँ एभरेस्ट बैंकबाट २०८२ साल जेठमा ऋण लिएको र ४४ लाखको गाडी पनि रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
सम्पत्ति विवरण
चैत २९, २०८२ आइतबार २१:५२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।