शिक्षामन्त्री सस्मितको सम्पत्ति :  २४ करोडको मुख्य स्रोत घर-जग्गा, आमा र आफ्नो नाममा ऋण ७५ लाख

शिक्षामन्त्री सस्मितको सम्पत्ति :  २४ करोडको मुख्य स्रोत घर-जग्गा, आमा र आफ्नो नाममा ऋण ७५ लाख

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले व्यक्तिगत र परिवारको नाममा २४ करोड बराबरको सम्पत्ति रहेको खुलेको छ। आइतबार सार्वजनिक सम्पत्ति विवरणमा उनको अधिकांश सम्पत्ति घरजग्गा रहेको र मुख्य स्रोत बुबाको आम्दानी देखिन्छ। 

उनको विवरणमा खुले अनुसार नेपाल राष्ट्र बैंकमा काम गरेका उनका बुबा  रमेशकुमार पोखरेलको नाममा अधिकांश सम्पत्ति रहेको देखिन्छ। आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा काठमाडौं, मोरङ र ललितपुरसहित  ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको विवरणमा उल्लेख छ।

 उनीसँग २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख छ। स्रोत विवाह उल्लेख गरिएको छ। उनको बैंक खातामा ४ लाख ४७ हजार रुपैयाँ मौज्दात रहेको र डलर खातामा अमेरिकी डलर ५  सय रहेको उल्लेख छ। यसको स्रोत पारिश्रमिक उल्लेख छ। उनको विवरणमा पारिवारिक सदस्यसहितले संयुक्त रूपमा शेयर कारोबारमा लगानी गरेको देखिन्छ। उनले आफू र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाएका छन्। 

चैत २९, २०८२ आइतबार २१:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।