कोका–कोला नेपालको फिफा वर्ल्ड कप २०२६ अभियान सुरु, प्रदीप खड्का नयाँ ब्रान्ड एम्बासडर

कोका–कोला नेपालको फिफा वर्ल्ड कप २०२६ अभियान सुरु, प्रदीप खड्का नयाँ ब्रान्ड एम्बासडर

काठमाडौं : कोका-कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियानको औपचारिक रूपमा सुरुवात गरेको छ। 

राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बिच खेलकुद र मनोरञ्जन क्षेत्रका विभिन्न चर्चित व्यक्तित्वहरूको उपस्थितिमा यस अभियानको घोषणा गरिएको हो।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्‌कालाई कोका-कोला नेपालको नयाँ ब्रान्ड एम्बासडर घोषणा गरियो। 

कोका-कोला परिवारमा जोडिन पाउँदा खड्‌काले खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिएका थिए। त्यसैगरी, अभियानका मुख्य अनुहारका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अन्जल विष्ट र अन्जन राना मगर तथा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत गरिएका थिए। उनीहरूले आफ्नो अनुभव र फुटबलले ल्याउने खुसीबारे आफ्नो धारणा व्यक्त गरेका थिए ।

अभियानअन्तर्गत कोका-कोलाले फिफा वर्ल्ड कप २०२६ थिममा आधारित नयाँ प्याकेजिङ र सीमित संस्करणका आधिकारिक फिफा प्याकहरूको पहिलो झलक सार्वजनिक गरेको छ । कार्यक्रममा कोका-कोलाको आधिकारिक गीत (एन्थेम), फिफा वर्ल्ड कप टिभीसी र अन्य प्रचार सामग्रीहरू पनि प्रदर्शन गरिएको थियो।

कोका-कोला र फिफाबिचको सहकार्य सन् १९७४ देखि सुरु भएको हो, जुन विश्व खेलकुदकै सबैभन्दा लामो साझेदारीमध्ये एक मानिन्छ। कोका-कोला सन् १९७८ देखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ। नेपालमा पनि यो ब्रान्ड विगत पाँच दशकभन्दा बढी समयदेखि सक्रिय छ।

बोतलर्स नेपालका प्रबन्ध निर्देशक अजय कोनालेका अनुसार, यस अभियानको उद्देश्य विश्वव्यापी फुटबल संस्कृतिलाई नेपाली उपभोक्ताहरूको उत्साहसँग जोड्नु हो । उनले भने, "विशेष कोका–कोला
फिफा प्याक, रोमाञ्चक गतिविधि र विभिन्न सरप्राइजमार्फत हामी उपभोक्तालाई अविस्मरणीय अनुभव दिन चाहन्छौं। यसले ब्रान्डप्रतिको आकर्षण बढाउनुका साथै समर्थकहरूको खुशीका क्षणहरूमा कोका–कोलाको भूमिका अझ बलियो बनाउनेछ।”" 

चैत २९, २०८२ आइतबार १७:०१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।