दाङमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर
दाङ : तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर आज एक जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रेशम बोहराका अनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मत्यु भएको हो।
पर्खालमा च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते रुपमा घाइते भएका छन्। दाङमा प्राथमिक उपचार गरेर उनलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ।
चैत २९, २०८२ आइतबार १४:३८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।