ब्ल्याक प्लस डेकरको नयाँ वर्ष योजना: उपकरण खरिदमा आकर्षक उपहारदेखि विदेश भ्रमणको अवसर

ब्ल्याक प्लस डेकरको नयाँ वर्ष योजना: उपकरण खरिदमा आकर्षक उपहारदेखि विदेश भ्रमणको अवसर

काठमाडौं : विश्वप्रसिद्ध अमेरिकी घरायसी उपकरण उत्पादक कम्पनी ब्ल्याक+डेकरले नयाँ वर्ष २०८३ को अवसरमा विशेष उपहार योजना सार्वजनिक गरेको छ।

नेपालका लागि आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले “ओन द फ्युचर, ओन द ब्ल्याक+डेकर” नामक अभियानमार्फत नयाँ वर्षलाई थप उत्साहजनक बनाउने लक्ष्य राखेको हो।

सन् १९१० देखि आविष्कार र दक्षतामा आधारित उपकरणहरू निर्माण गर्दै आएको यस कम्पनीले आफ्नो ११६ वर्ष लामो विरासतलाई निरन्तरता दिँदै यो योजना ल्याएको हो।

यस योजना अन्तर्गत विभिन्न उपकरणहरूको खरिदमा विद्युतीय केटल, भान्सामा प्रयोग हुने एप्रोन, सुगन्धित किट वा एयर फ्रायरमा प्रयोग हुने कागज जस्ता उपयोगी सामग्रीहरू तुरुन्तै पाइनेछ।

त्यसैगरी, अभियानको अन्त्यमा छानिने भाग्यशाली विजेताहरूले भियतनाम भ्रमण र मेघौली सराहीमा विलासी बसाईको अवसर प्राप्त गर्नेछन्।

यस योजनामा सहभागी हुन ग्राहकहरूले खरिद गरिएको उपकरणमा रहेको संकेत कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ। त्यसपछि उनीहरू स्वतः भाग्यशाली चिठ्ठा प्रक्रियामा सहभागी हुनेछन्।

यो योजना चैत २२ गतेदेखि देशभरका सिजी डिजिटल प्रदर्शनी कक्ष (शोरुम), एलजी शपी र आधिकारिक बिक्रेताहरूमार्फत सीमित अवधिका लागि लागू गरिएको छ। ग्राहकहरूको आर्थिक सहजताका लागि कम्पनीले नागरिकता मात्र भए पुग्ने ‘सजिलो किस्ताबन्दी’ सुविधा पनि उपलब्ध गराएको छ।

"जीवनलाई सहज बनाऔँ" भन्ने मूलमन्त्रका साथ सञ्चालित ब्ल्याक+डेकरले आफ्ना उत्पादनहरूमा २४ महिनाको वारेन्टी प्रदान गर्दै आएको छ। सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको गुणस्तरीय सेवा सुनिश्चित गरेको जानकारी दिएको छ।

चैत २९, २०८२ आइतबार १४:१७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।