दोस्रो अन्तर्राष्ट्रिय मोटोपना सम्मेलन काठमाडौंमा
काठमाडौं : दक्षिण एसियाली मोटोपना मञ्चको आयोजनामा आगामी अप्रिल ११ मा काठमाडौंमा ‘दोस्रो अन्तर्राष्ट्रिय मोटोपना सम्मेलन’ आयोजना हुने भएको छ। मोटोपना र मेटाबोलिक स्वास्थ्यका बढ्दो चुनौतीबारे छलफल गर्न सम्मेलन हुन लागेको हो।
सम्मेलनमा नेपाल, बेलायत, टर्की, दक्षिण कोरिया, युएई, भारत र बंगलादेशसहित विभिन्न देशका ४० जना अन्तर्राष्ट्रिय विशेषज्ञ, १५० विदेशी प्रतिनिधि र नेपालभरका करिब ४०० राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन्।
कार्यक्रममा मोटोपनासँग सम्बन्धित मधुमेह, मुटुरोग, फ्याटी लिभर र हर्मोन असन्तुलन जस्ता जटिलताहरूको रोकथाम, जनचेतना र वैज्ञानिक उपचार पद्धतिबारे विस्तृत छलफल हुने आयोजकले जनाएको छ। ‘युनाइटेड अगेन्स्ट ओबेसिटी’ नारा दिइएको सम्मेलनले क्षेत्रीय सहकार्य र नीतिगत संवादलाई मजबुत बनाउने लक्ष्य राखेको छ।
चैत २९, २०८२ आइतबार १४:०१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।