सामान्य बढ्यो सुनचाँदीको मूल्य

सामान्य बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं : नेपाली बजारमा आइतबार सुन र चाँदी सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार एक सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन अर्थात् चैत २७ गते सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि सामान्य बढेको छ। आज चाँदी प्रतितोला चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार चाँदीको मूल्य प्रतितोला चार हजार नौ सय ६० रुपैयाँ थियो। चाँदीको मूल्य शुक्रबार भन्दा प्रतितोला १५ रुपैयाँले बढेको हो। 

चैत २९, २०८२ आइतबार ११:०९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।