कर्बिरलाई कार्ल्सबर्ग गल्फ क्लासिकको उपाधि
काठमाडौं : गोर्खा बुअरीद्वारा आयोजित ‘कार्ल्सबर्ग गल्फ क्लासिक २०२६’को उपाधि कर्बिर तामाङले जितेका छन्।
रोयल नेपाल गल्फ कोर्समा अप्रिल १० र ११ मा सञ्चालन भएको उक्त प्रतियोगितामा १३० खेलाडी सहभागी थिए। स्टेबलफोर्ड फम्र्याटमा ३/४ ह्यान्डीक्यापका आधारमा भएको खेलमा तामाङ ४८ स्कोरसहित विजेता बने।
समान ४८ स्कोर गरेका अश्मांक कार्की रनर-अप घोषित भए। ३५ स्कोर जोडेका हरिबहादुर थापाले 'बेस्ट ग्रस विनर'को उपाधि जिते। थापाले होल नम्बर १२ मा 'होल इन वन'को सफलता समेत प्राप्त गरे।
महिलातर्फ ३६ स्कोरका साथ सुष्मा सिंह विजेता र ३४ स्कोरका साथ तारा कार्की चित्रकार रनर-अप बने। प्रतियोगिताले खेल भावना, भाइचारा र प्रिमियम खेल जीवनशैलीप्रति आफ्नो प्रतिबद्धतालाई पुनः स्थापित गरेको आयोजकले जनाएको छ।
चैत २९, २०८२ आइतबार ०९:३१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।