उपसभामुखमा ठाकुरलाई मतदान गर्ने रास्वपा संसदीय दलको निर्णय
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तावित उम्मेदवार रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय पारित गरेको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुख पदमा रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय पारित गरेको हो।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल तथा अन्य विविध विषयमा समेत विचार-विमर्श गरिएको छ।
चैत २७, २०८२ शुक्रबार १४:४८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।