राष्ट्रियसभाका समिति सभापतिले लिए शपथ

राष्ट्रियसभाका समिति सभापतिले लिए शपथ

काठमाडौं : राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन्। सङ्घीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष समितिका सभापतिहरूले शपथ लिएका हुन्।  

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

मङ्गलवार बसेको सम्बन्धित समितिको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो।

चैत २५, २०८२ बुधबार १२:२३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।