७२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो
काठमाडौं : नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि हुने क्रम जारी छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला सात हजार दुई सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार रुपैयाँ कायम भएको छ। यसअघि हिजो छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। हिजो प्रतितोला चार हजार आठ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई सय पाँच रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ पुगेको छ।
चैत २५, २०८२ बुधबार ११:०२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।