स्वस्तिमा खड्का बनिन् ‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडर
काठमाडौं : के.एल. दुगड ग्रुपले आफ्नो चर्चित उत्पादन ‘ज्ञान मसला’को ब्रान्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ।
कम्पनीले आफ्नो ब्रान्डलाई थप ऊर्जावान बनाउन र नयाँ पुस्ताका उपभोक्तासँग बलियो सम्बन्ध स्थापित गर्ने लक्ष्यसहित उनलाई अनुबन्ध गरेको हो।
यस सहकार्यबारे बोल्दै के.एल. दुगड ग्रुपकी कार्यकारी निर्देशक भाविका दुगडले दर्शकमाझ स्वस्तिमाको बलियो प्रभाव रहेकाले उनलाई उत्कृष्ट प्रतिनिधिको रूपमा छनोट गरिएको बताइन्।
त्यसैगरी, अभिनेत्री खड्काले लामो समयदेखि आफ्नो भान्सामा प्रयोग हुँदै आएको विश्वासिलो ब्रान्डसँग जोडिन पाउँदा खुसी व्यक्त गरेकी छन्।
उनले ज्ञान मसलाको शुद्धता र गुणस्तरलाई अझ धेरै उपभोक्तामाझ पुर्याउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाइन्।
सन् १९८९ मा स्थापना भएको के.एल. दुगड ग्रुपले तीन दशकभन्दा बढी समयदेखि नेपाली बजारमा आफ्ना उत्पादन बिक्री गर्दै आएको छ।
उपभोक्ताको बदलिँदो स्वादलाई ध्यानमा राख्दै कम्पनीले हाल १४ विभिन्न प्रकारका ‘ज्ञान मसला’ बजारमा उपलब्ध गराएको जनाएको छ।
चैत २५, २०८२ बुधबार ०९:१५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।