स्वास्थ्य सेवामा सिद्धार्थ बैंकका ग्राहकलाई ५० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा सिद्धार्थ बैंकका ग्राहकलाई ५० प्रतिशतसम्म छुट

काठमाडौं : सिद्धार्थ बैंकका ग्राहकले जमलस्थित ‘नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेज’मा उपचार गराउँदा विशेष छुट पाउने भएका छन्।

बैंक र उक्त स्वास्थ्य संस्थाबीच ग्राहकलाई विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो।

बैंकका अनुसार ग्राहकले स्वास्थ्य संस्थाको बिल भुक्तानी गर्दा सिद्धार्थ बैंकको कार्ड (डेबिट/क्रेडिट) वा मोबाइल बैंकिङको प्रयोग गरेमा मात्र यो छुट प्राप्त गर्न सक्नेछन्।

नगद कारोबारलाई कम गर्दै ग्राहकलाई डिजिटल भुक्तानी प्रणालीमा जान प्रेरित गर्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ।

थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालन हुने ग्राहक सेवा केन्द्र 'सिद्धार्थ केयर'मा सम्पर्क गर्न सकिनेछ।

चैत २५, २०८२ बुधबार ०९:११:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।