सिजी इलेक्ट्रोनिक्सले ल्यायो ‘केन्ट’का नयाँ कुलर र फ्यान
काठमाडौं : गर्मी महिना लागेसँगै सिजी इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय ब्रान्ड ‘केन्ट’का एअर कुलर र फ्यानहरू नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार उपभोक्तालाई सहज र ऊर्जा-कुशल समाधान दिन यी उत्पादनहरू ल्याइएको हो। बजारमा पर्सनल, डेजर्ट, टावर र कमर्सियल गरी विभिन्न श्रेणीका केन्ट एअर कुलर उपलब्ध छन्।
यी कुलरमा उच्च एअर डेलिभरी, ठूलो पानी ट्यांकी, इन्भर्टर–कम्प्याटिबिलिटी र कम बिजुली खपत हुने जस्ता विशेषता रहेका छन्।
त्यसैगरी, कम्पनीले आधुनिक जीवनशैली सुहाउँदो केन्टका सिलिङ, वाल, टेबल र स्ट्यान्ड फ्यान पनि बजारमा ल्याएको छ। यी फ्यानमा बिजुली बचत गर्ने बीएलडीसी प्रविधि, कम आवाज र उच्च स्पिड जस्ता विशेषता छन्।
‘बेटर होम, बेटर लाइफ’ को अवधारणालाई साकार पार्दै कम्पनीले यी उत्पादनहरू देशभरका आधिकारिक बिक्रेतामार्फत उपलब्ध गराएको छ।
साथै, ग्राहकको सुविधाका लागि टोल-फ्री सेवा, प्राविधिक सहयोग र वारेन्टीसहितको बिक्रीपछिको उत्कृष्ट सेवा पनि प्रदान गरिने सिजी इलेक्ट्रोनिक्सले जनाएको छ।
चैत २५, २०८२ बुधबार ०८:४२:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।