चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि हुने क्रम जारी छ। चैत २३ गतेको तुलनामा आज चैत २४ गते सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ। यसअघि हिजो छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। हिजो प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ४ हजार ८ सय २० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।

चैत २४, २०८२ मंगलबार १०:५९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।