बेकोको नयाँ वर्ष योजना : ७० हजारसम्म क्यासब्याक र पक्का उपहार
काठमाडौं : युरोपेली होम अप्लायन्स ब्रान्ड बेकोले नयाँ वर्ष २०८३ को अवसर पारेर नेपाली ग्राहकका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।
'नयाँ वर्षको खुसीमय सुरुवात, बेकोसँग' भन्ने नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले बेकोका विभिन्न घरायसी सामान खरिद गर्दा ७० हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउन सक्नेछन्।
नेपालका लागि बेकोको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सका अनुसार क्यासब्याकका साथै हरेक खरिदमा पक्का उपहारको व्यवस्था पनि गरिएको छ।
जसअन्तर्गत वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट, डिसवासरमा २ वटा वासिङ ट्याब्लेट, फ्रि स्ट्यान्डिङ ओभनमा सिजी प्रेसर कुकर र एयर कन्डिसनर (एसी) को खरिदमा निःशुल्क जडानको सुविधा पाइनेछ।
त्यसैगरी, ग्राहकको सहजताका लागि सिजी इलेक्समार्फत शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा सामान किन्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ। यसका लागि न्यूनतम कागजी प्रक्रियाअन्तर्गत ‘नागरिकता मात्र भए पुग्ने’ कम्पनीले जनाएको छ।
बेकोका उत्पादनहरूमा १२ वर्षसम्मको वारेन्टी, ‘स्मार्ट होम-ह्विज ब्लुटुथ कनेक्टिभिटी’ र शतप्रतिशत पार्ट्स तथा सर्भिस ग्यारेन्टी उपलब्ध रहेको कम्पनीको भनाइ छ। सीमित अवधिका लागि ल्याइएको यो अफर नेपालभर रहेका सिजीका आधिकारिक शोरुम र डिलरहरूमार्फत प्राप्त गर्न सकिनेछ।
चैत २४, २०८२ मंगलबार ०८:५४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।