आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं : संघीय संसद् अन्तर्ग प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारस्थित प्रतिनिधि सभाको हलमा बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।
बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यसअघि हिजो बसेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री सुधन गुरुङले पेस गरेको ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सर्वसम्मत रूपमा स्वीकृत भएको थियो।
चैत २४, २०८२ मंगलबार ०७:३९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।