नवलपरासीमा टाउकोमा छुरा प्रहार भएको चोटसहित श्रीमानको शव फेला, श्रीमती गम्भीर घाइते
नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१६ मा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् भने उनकी ७० वर्षीया श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छन्।
स्थानीय ७५ वर्षीय जीवनराम थनेत आफ्नै घरभित्र टाउकोमा छुरा प्रहार भएजस्तो घाउसहित मृतावस्थामा फेला परेका हुन्। उनकी ७० वर्षीय श्रीमती गुलबासेनिया थनेत पनि टाउकोमा गम्भीर चोटसहित अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
उनका अनुसार घाइते गुलबासेनियालाई उपचारका लागि चितवन लगिएको छ।
घरमा दम्पती मात्र बस्दै आएका र छोराबुहारी छुट्टै घरमा बस्दै आएको खुलेको छ।
घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली खटिएको प्रहरी उपरीक्षक खड्काले बताए।
चैत २३, २०८२ सोमबार १७:२८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।