पाल्पामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु
पाल्पा : पाल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
रामपुर नगरपालिका–३ गैलुकमा आज बारी जोत्ने क्रममा ट्याक्टर पल्टिएर दुर्घटना हुँदा चालक रामपुर नरपालिका–४ बाङ्गेपसलका ५२ वर्षीय टेकबहादुर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।
स्थानीय दुर्गबहादुर मल्ल ठकुरीको बारी जोत्दै गरेको लु३त ७२५ नम्बरको ट्याक्टर घुमाउने क्रममा अचानक बारीमै पल्टिँदा आलेलाई ट्याक्टरले च्यापेको थियो। उनको घटनास्थलमा नै मृत्यु भएको हो।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चैत २३, २०८२ सोमबार १७:०३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।