बलेलाई अदालतमा हैन प्रशासनमा बुझाइयो, पाँच दिन म्याद थपियो

बलेलाई अदालतमा हैन प्रशासनमा बुझाइयो, पाँच दिन म्याद थपियो

काठमाडौं : बलात्कार आरोप सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी दिएर समातेको कलाकार सागर लम्साल ‘बले’माथि अभद्र व्यवहारमा प्रशासनबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको छ। प्रहरीले अमेरिकामा भएको दाबी गरिएको घटनाबारे सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको दाबीको आधारमा शनिवार बलेलाई पक्राउ गरेको थियो।

बलात्कारमा अनुसन्धान गर्न पीडितको जाहेरीदेखि घटनास्थल देश बाहिर रहेकाले अनुसन्धानको जटिल पक्ष हेरेर प्रहरीले अभद्र व्यवहार गरेको कसुर लगाएर अदालतमा नलगी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरेको थियो। अभद्रमा प्रशासन र अदालत दुबैतर्फ पेस गर्न सकिन्छ। प्रशासन केही कसुरका हकमा अर्धन्यायीक निकाय समेत हो।

उनलाई आइतबार पेस गरेकोमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पाँच दिनको म्याद दिएको छ।

यो पनि:

चैत २२, २०८२ आइतबार २१:२१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।