महान्यायाधिवक्ता कँडेलले लिए शपथ
काठमाडौं : नवनियुक्त महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले शपथ ग्रहण गरेका छन्।
कँडेलले आइतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा अधिवक्ता डा. कँडेललाई आजै उक्त पदमा नियुक्त गरेका हुन्।
चैत २२, २०८२ आइतबार १८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।