सेन्सेइको नयाँ वर्ष योजना : घरायसी सामान किन्दा आकर्षक क्यासब्याक, बम्परमा हिरो स्प्लेन्डर प्लस

सेन्सेइको नयाँ वर्ष योजना : घरायसी सामान किन्दा आकर्षक क्यासब्याक, बम्परमा हिरो स्प्लेन्डर प्लस

काठमाडौं : जापानी प्रविधिमा आधारित प्रसिद्ध ब्रान्ड 'सेन्सेइ'ले नयाँ वर्ष २०८३ को उपलक्ष्यमा ग्राहकहरूका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ। चौधरी समूह अन्तर्गतको सिजी इलेकट्रोनिक्सले सेन्सेइ किनिन्छ, हिरो स्पेल्न्डर प्लस चढिन्छ नामको योजना ल्याएको हो।

घरायसी उपकरणको खरिदमा उत्साहजनक लाभ प्रदान गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकले सेन्सेइका विभिन्न होम एप्लायन्सको खरिदमा विभिन्न सुविधा पाउने घोषणा गरिएको छ। 

खरिदमा २८,७०० रुपैयाँसम्मको क्यासब्याक हुने, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी एरियल र सेमि-अटोमेटिकमा १ केजी एरियल पाउडर नि:शुल्क, एयर कन्डिसनर किन्दा नि:शुल्क जडान सुविधा र बम्पर उपहारमा एक ग्राहकले लक्की ड्र मार्फत हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्न सक्ने कम्पनीले जानकारी दिएको छ।

बम्पर उपहारमा सहभागी हुनका लागि ग्राहकले सामान खरिद गरेपछि उपलब्ध गराइने क्युआरकोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्ने र दर्ता भएका ग्राहकहरूमध्येबाट गोला प्रथाबाट मोटरसाइकल विजेताको घोषणा गरिने कम्पनीले जानकारी दिएको छ।

चैत २२, २०८२ आइतबार १५:५४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।