सेयर बजारमा पहिरो : नेप्से १०५ अंकले घट्यो, १२ अर्ब माथिको कारोबार
काठमाडौं : आइतबार सेयर बजार भारी अंकले घटेको छ।
कारोबार सुरु भएदेखिनै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको हो। नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा कायम भएको छ।
बजार उच्च अंकले घटेपनि कारोबार रकम भने बढेको छ। आज १२ अर्ब ३८ करोडको कारोबार भयो। अघिल्लो दिन ८ अर्ब ८१ करोडको कारोबार भएको थियो।
७ कम्पनीको मूल्य बढ्यो भने २६१ को घट्यो। अन्य समूह सबैभन्दा धेरै ६.०९ प्रतिशत घट्यो।
बैंकिङ ३.३२, विकास बैंक ४.३२, फाइनान्स ३.९४, होटल तथा पर्यटन ३.०४, हाइड्रोपावर ४.८४, लगानी ३.३२, जीवन बीमा ३.५९, उत्पादन तथा प्रशोधन १.३३, माइक्रोफाइनान्स ३.४३, निर्जीवन बीमा ३.८६ तथा व्यापार ३.५८ प्रतिशत घटे।
६ नयाँ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो। रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी, भुजुङ हाइड्रोपावर, फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढे। सुपरखुदी र सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य ९.९९ प्रतिशतले बढे।
यस्तै, ७ कम्पनीको मूल्य १० प्रतिशत नै घटेको छ। नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशत घटे भने सप्तकोशी डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ, पियोर र सान्भी इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले घटे।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, ङादी ग्रुप, नेसनल हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन्।
चैत २२, २०८२ आइतबार १५:४८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।