परालको आगोबाट ७ वर्षपछि निर्मातामा सुशीलको कमब्याक
काठमाडौं : सुशील पोखरेल झन्डै सात वर्षपछि परालको आगोमार्फत पुन फिल्म निर्माणमा फर्किएका छन्। नेपाली सिनेमाका दुई पुस्तालाई नजिकबाट नियालेका पोखरेलले ‘परालको आगो’ फिल्म मार्फत कमब्याक गर्न लागेका हुन्।
कुनै समय अभिनेत्री झरना थापासँग हिट फिल्महरूमा सहकार्य गरेका उनले अहिले झरनाकी छोरी सुहाना थापासँग ‘परालको आगो’मा काम गरेका छन्। वैशाख ११ गते प्रदर्शन मिति तोकेको यस फिल्ममा सौगात मल्ल, सुहाना, प्रकाश सपुत लगायतका कलाकार छन्।
फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका हुन् हुन् फिल्म सुशील देवकोटाले लेखेका हुन्। यसमा शान्ति ठटाल, सत्य-स्वरूप आचार्य र प्रकाश सपुतको संगीत रहेको छ।
यस अगाडि पोखरेलले ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘बडीगार्ड’ र ‘राधे’ जस्ता फिल्मको निर्माण गरेका थिए। उनी लामो विश्रामपछि फिल्म निर्माणमा फर्किएका हुन्।
चैत २२, २०८२ आइतबार १५:४६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।