देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिस दिन फोटोन ईभी ‘टोटल केयर क्याम्प’ हुँदै

देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिस दिन फोटोन ईभी ‘टोटल केयर क्याम्प’ हुँदै

काठमाडौँ : नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले आफ्ना ग्राहकहरूलाई ‘आफ्टर-सेल्स सर्भिस’ र कस्टमर केयर सेवाका लागि पश्चिम र पूर्वी नेपालका विभिन्न स्थानहरूमा “फोटोन ईभी टोटल केयर क्याम्प” सञ्चालन गर्ने भएको छ।

देशका प्रमुख शहरहरूमा सर्भिसको सुविधालाई ग्राहककै नजिक पुर्याउँदै दीर्घकालीन विश्वास र पहुँच सुनिश्चित गर्न क्याम्प सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ। अभियान अन्तर्गत फोटोनले आफ्ना सबै विद्युतीय सवारी (ईभी) ग्राहकहरूलाई विशेष लाभ र निःशुल्क सेवाहरू प्रदान गर्दै आभार व्यक्त गर्ने योजना बनाएको छ।

कम्पनीका अनुसार फोटोन ईभी टोटल केयर क्याम्प दुई चरणमा गरी जम्मा ६ प्रमुख स्थानहरूमा सञ्चालन हुनेछ। पहिलो चरणको क्याम्प २०८२ चैत २२ देखि २०८३ वैशाख ४ सम्म पश्चिम नेपालका बुटवल, धनगढी, दाङ र सुर्खेतमा आयोजना गरिनेछ। 

त्यसैगरी, दोस्रो चरण २०८३ वैशाख ६ देखि १७ सम्म पूर्वी नेपालका इटहरी र बिर्तामोडमा सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ। यसरी क्षेत्रगत रूपमा क्याम्प सञ्चालन गर्दा विभिन्न स्थानका ग्राहकहरूले सहजै गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

क्याम्पमा सहभागी हुने ग्राहकहरूले स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा लेबर चार्जमा १५ प्रतिशत छुट पाउनेछन्। यसका साथै, प्रत्येक सवारी साधनको निःशुल्क निरीक्षण, सम्पूर्ण ‘बम्पर-टु-बम्पर’ चेकअप, तथा निःशुल्क वासिङ र ग्रिजीङ सेवा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

चैत २२, २०८२ आइतबार १५:३६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।