सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनियताको शपथ लिएका छन्।
आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्।
सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
आजै प्रतिनिधिसभाको बैठकमा अर्याल निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो।
चैत २२, २०८२ आइतबार १५:२७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।