मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्‍यो? (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्‍यो? (सूचीसहित)

काठमाडौं : सरकारले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार दिउँसो १ बजेबाट मन्त्रिपरिषद् बैठक बसेको थियो। उक्त बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने देखि आइतबार र शनिबार बिदा दिने लगायतका विभिन्न निर्णयहरू गरेको छ। 
 
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
-अर्थ मन्त्रालयबाट डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टको लागि क्रमश एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।

-दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।

- नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तरगतका निकायहरुको संगठन तथा व्यवस्थापन संरक्षण गर्न पूर्व स्वकृति दिने।

-राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्री धमेन्द्र झाले दिएको राजीनामा स्वकृति गर्ने।

-पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गते बाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय समय ९ देखि ५ बजे कायम गर्ने।

-डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने।

-आगामी शैक्षिक सत्र २०८३ बैसाख १५ गतेबाट सुरु गर्ने।

चैत २२, २०८२ आइतबार १५:२१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।