शंकर ग्रुपका सञ्चालक सुलभ पनि पक्राउ, साहिल 'फरार'
काठमाडौं : बैंकिङ कसुरमार्फत सम्पत्ति शुद्धीकरण गरेको लगायतका आरोपमा पक्राउ परेका दीपक भट्ट समूहमा रहेका सुलभ अग्रवाल समातिएका छन्। शंकर ग्रुपका सञ्चालकसमेत रहेका उनी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि समातिएका हुन्। यस अगाडि प्रहरीले भट्टसँगै शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरिसकेको छ।
भट्ट र शंकर समूहको जगदम्बा स्टिलबीच भएको ४५ करोडको कारोबारको अनुसन्धानकोक्रममा उनीहरूले बैंकिङ कसुरमार्फत सम्पत्ति शुद्धीकरण गरेको देखिएपछि पहिला राहदानी रोक्का गराएर पछि भट्ट पक्राउ परेका थिए। अनुसन्धानमा सो समूहले शेयर कारोबार लगायतका गतिविधि समेत शंकास्पद देखिएको भन्दै शंकर समूहमा संलग्नहरूको समेत खोजी सुरु गरेको थियो।
त्यहीक्रममा शंकर समातिएका थिए। उनको छोरा सुलभ पनि पक्राउ परे। साहिल अग्रवाल भने पक्राउ परेका छैनन्। सुलभ यस अगाडि थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए। अहिले सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्टको आर्थिक गतिविधिको अनुसन्धान गरिरहेको छ।
चैत २२, २०८२ आइतबार १४:४२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।