सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको हो।

यो नयाँ व्यवस्था सम्पूर्ण सरकारी कार्यालयहरू र शैक्षिक संस्थाहरूमा चैत २३ गतेदेखि लागु हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरुको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने उनले बताए।

मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै उनले भने, ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गते बाट लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय बिहान ९ देखि ५ बजे कायम गर्ने निर्णय गरेको छ।’

चैत २२, २०८२ आइतबार १४:४२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।