मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
काठमाडौं : सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
आइतबार दिउँसो १ बजेपछि सुरु भएको उक्त बैठकमा सरकारको नियमित कार्यसूचीमा छलफल भइरहेको बताइएको छ। नयाँ सरकार गठन भएपछिको यो तेस्रो मन्त्रिपरिषद् बैठक हो। यसअघि गत चैत १६ गते बैठक बसेको थियो।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन्। सभामुख चयनको प्रक्रिया सकिएलगत्तै मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरू सिंहदरबार पुगेका थिए।
चैत २२, २०८२ आइतबार १४:०४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।