प्रतिनिधिसभा बैठकमा सभामुखको उम्मेदवारी प्रस्तुत
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख पदका लागि दलको तर्फबाट सांसद डोलप्रसाद अर्यालको नाम प्रस्ताव गरेका छन्। प्रस्तुत प्रस्तावको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले समर्थन गरेका छन्।
अर्थमन्त्री वाग्लेले २०४७ सालदेखिका सभामुख दमननाथ ढुङ्गानादेखि हालसम्मका सभामुखको भूमिका र योगदानलाई स्मरण गर्दै संसदलाई जीवन्त र सन्तुलित बनाउन अब निर्वाचिन हुने सभामुख अर्यालले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र सभामुखमा उनको मात्र उम्मेदवारी परेको थियो।
चैत २२, २०८२ आइतबार ११:३७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।