कालिन्चोक हाइड्रोपावरको आइपिओ आजदेखि खुला
काठमाडौं : कालिन्चोक हाइड्रोपावर लिमिटेडले आइतबारदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँड गरिसकेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको थियो। जसमध्ये केही हिस्सा प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड भइसकेको छ।
अब ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत २५ गते तोकिएको छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
आवेदन सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणाली तथा सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ।
चैत २२, २०८२ आइतबार ०९:२२:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।