आइपिएलमा राजस्थान रोयल्सको रोमाञ्चक जित, अन्तिम ओभरमा चुक्यो गुजरात

आइपिएलमा राजस्थान रोयल्सको रोमाञ्चक जित, अन्तिम ओभरमा चुक्यो गुजरात

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार भएको प्रतिस्पर्धामा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि ६ रनको रोमाञ्चक जित दर्ता गरेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा राजस्थानले दिएको लक्ष्य पछ्याउने क्रममा घरेलु टोली गुजरात निर्धारित ओभरमा चुकेपछि राजस्थान जित निकाल्न सफल भयो।

राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन मात्रै बनाउन सक्यो। टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनाएको थियो। 

ब्याटिङमा ध्रुव जुरेलले ४२ बलमा ७५ रन बनाए। यसैगरी ओपनर ब्याट्सम्यान यशस्वी जैयसवालले ३६ बलमा ५५ रन र वैभव सूर्यवंशीले १८ बलमा ३१ रन बनाएका थिए।

गुजरातका लागि कागिसो रबाडाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए भने अशोक शर्मा र रासिद खानका नाममा १-१ विकेट। साई सुदर्शनले ४४ बलमा ७३ रन बनाए। जोस बटलरले २८ र रासिद खानले २४ रन जोडे। अन्तिम २ ओभरमा जितका लागि १५ रन आवश्यक रहेकामा गुजरातले ८ रन मात्रै जोड्न सक्यो।

चैत २२, २०८२ आइतबार ०९:१२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।