गृहमन्त्री गुरुङले लेखे "३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइदिएको रहेछ"
काठमाडौं : गृहमन्त्री सुदन गुरुङले सुरक्षा निकायलाई विगत साढे तीन दशकदेखि स्वतन्त्र र निष्पक्ष रूपमा कार्यसम्पादन गर्न नदिएको आशय व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हत्कडी लगाइदिएको लेखेका हुन्।
गृहमन्त्री गुरुङले फेसबुकमा लेखेका छन्, "३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।"
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार बनेपछि गृह प्रशासन सम्हालेका गुरुङ पक्राउ र निर्देशनमा केन्द्रित देखिएका छन्।
प्रहरीको सक्रियता बढे पनि प्रक्रिया मिचेर भएका केही पक्राउले अधिकारको दूरूपयोगको आरोप लागिरहेको छ।
चैत २२, २०८२ आइतबार ०८:४४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।