रास्वपा सांसद पराजुलीले भने : वृद्ध भत्ता पाउने उमेर बढाउने हल्ला मात्र

रास्वपा सांसद पराजुलीले भने : वृद्ध भत्ता पाउने उमेर बढाउने हल्ला मात्र

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सामाजिक सुरक्षा भत्ताका सम्बन्धमा भइरहेको चर्चा गलत भएको बताए। उनले ७० वर्षबाट ७५ वर्ष पुर्याएर वृद्ध भत्ता कटौती गर्ने सरकारको कुनै योजना र निर्णय नभएको बताए।

 कैलाश योग साधना केन्द्रको स्थापना दिवसमा बोल्दै पराजुलीले अग्रजहरूको सम्मान र सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए। वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठले मानसिक र शारीरिक सन्तुलनका लागि योग आवश्यक रहेको बताए।। उनले केन्द्रको अभियानलाई आगामी दिनमा पनि स्थानीय तहबाट आवश्यक सहयोग जारी रहने बताइन्।

केन्द्रका अध्यक्ष शिवराज बजगाईँले योग साधनाले समाजमा सकारात्मक परिवर्तन र सन्तुलित जीवनशैलीको मार्ग प्रशस्त गरेको उल्लेख गरे। केन्द्रका सल्लाहकार गोकर्ण पाठक र प्रमुख गुरुले योगलाई आत्मशुद्धि र राष्ट्रका लागि सकारात्मक ऊर्जा प्रवाह गर्ने माध्यमका रूपमा व्याख्या गरेका थिए।

वार्षिकोत्सवका अवसरमा केन्द्रले सूर्योदयदेखि नै सामूहिक योगाभ्यास, सूर्य नमस्कार, प्राणायाम र ध्यान शिविर सञ्चालन गरेको थियो। प्रख्यात योग गुरुहरूले आध्यात्मिक प्रवचन दिनुका साथै साधकहरूसँग अन्तरक्रिया गरेका थिए। कार्यक्रममा बालबालिका तथा युवाहरूका लागि विशेष योग कार्यशाला र स्थानीय कलाकारहरूद्वारा योगमा आधारित सांस्कृतिक प्रस्तुतिसमेत देखाइएको थियो।

चैत २१, २०८२ शनिबार १६:४४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।