काठमाडौंमा मदिरा सेवन गरी सार्वजनिक सवारी चलाउने ९ चालक पक्राउ

काठमाडौंमा मदिरा सेवन गरी सार्वजनिक सवारी चलाउने ९ चालक पक्राउ

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा गरिएको आकस्मिक ट्राफिक चेकिङका क्रममा आज बिहान नौ जना सवारी चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले गरेको आकस्मिक परीक्षणका क्रममा मदिरा पिएर सडकमा सवारी साधन चलाइरहेका नौ जना पक्राउ परेका हुन्। 

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक यातायातका सवारी साधनका चालक पक्राउ परेका हुन्।

उनले भने, “हामीले आज बिहान उपत्यकाका विभिन्न स्थानमा विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ गरेका थियौँ। सार्वजनिक यातायातका साधनका नौ जना चालकलाई मादक पदार्थ सेवन गरेको सवारी हाँकेको अभियोगमा नियन्त्रणमा लिएका छौँ ।”

चैत २१, २०८२ शनिबार १६:२१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।