ओखलढुङ्गामा आगलागी हुँदा ५७ लाख बढीको क्षति

ओखलढुङ्गामा आगलागी हुँदा ५७ लाख बढीको क्षति

ओखलढुङ्गा : ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा ५७ लाखभन्दा बढीको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान विद्युत् चुहिएर आगो सल्किँदा दुवै घर पूर्ण रूपमा जलेका छन्। साथै लत्ताकपडा, भाँडावर्तन, सुनचाँदीलगायत घरमा रहेको १० लाख नगदसमेत जलेको छ। आगलागीमा  ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ। 

स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घन्टामा आगो निभाइएको थियो। 

चैत २१, २०८२ शनिबार १५:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।