महाधिवेशनको चार महिनामा एमालेको विवरण आयोगमा अद्यावधिक
काठमाडौं : एमालेले निर्वाचन आयोगमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण अद्यावधिक गराएको छ।
महाधिवेशनबाट निर्वाचित सबै विवरण अद्यावधिक गरिएको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए। उनका अनुसार पार्टीको विधान, नियमावली र केन्द्रीय सदस्यको नाम अद्यावधिक गरिएको हो।
उनले प्रतिनिधिसभा निर्वाचनका कारणले पार्टी महाधिवेशनपछि विवरण बुझाउन नपाइएकाले बिहीबार मात्र बुझाइएको बताए।
एमालेको गत मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा महाधिवेशन भएको थियो। पार्टीको महाधिवेशन भएपछि निर्वाचन आयोगमा सबै विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ।
चैत १९, २०८२ बिहीबार २१:०१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।