लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
काठमाडौं : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको कोशी नगरपालिका-८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका-५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका-६ क्याम्पाबाट एक र धनुषाको मिथिला नगरपालिका-१० रातुपुलबाट तीन जनालाई पक्राउ गरिएको छ।
त्यसैगरी, धनुषाधाम नगरपालिका-९ धारापानीबाट एक, बाँकेको जानकी गाउँपालिका-५ बाट एक, नेपालगञ्ज उपमहानगरपालिका-१६ बाट तीन, कैलालीको टीकापुर नगरपालिका-९ बालुवाटारबाट दुई र लम्कीचुहा नगरपालिका-१ भरुवाबाट एक जनालाई पक्राउ गरिएको छ।
त्यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट चार, बाँकेको कोहलपुर नगरपालिका-४ बेलनपुरबाट दुई र ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको छ।
केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ। उनीहरू बुधबार पक्राउ परेका हुन्।
चैत १९, २०८२ बिहीबार ११:४४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।