प्रतिनिधि सभाको आजको बैठकमा रास्वपाबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौं : आजको प्रतिनिधि सभा बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार आज अपराह्न २ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सभापति लामिछानेले आफ्नो धारणा राख्ने कार्यक्रम तय भएको हो।
फागुन २१ गतेको निर्वाचनपछिको नयाँ जनादेश अनुसार आज पहिलो पटक प्रतिनिधि सभा बैठक बस्दैछ। बैठकमा दलीय आधारमा सांसदहरूले बोल्ने सम्भावित कार्यसूची तय भएको छ।
सोही क्रममा दलको सभापतिको हैसियतले उनले सम्बोधन गर्न लागेका हुन्। समसामयिक राजनीतिक विषय र जनसरोकारका मुद्दाहरूमा लामिछानेले सदनमार्फत पार्टीको आधिकारिक धारणा राख्नेछन्।
आजकै बैठकमा अन्य पाँच दलका सदस्यहरूले पनि सम्बोधन गर्नेछन्।
चैत १९, २०८२ बिहीबार ११:०९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।