चिकित्सकको निगरानीमा एमाले अध्यक्ष ओली

चिकित्सकको निगरानीमा एमाले अध्यक्ष ओली

काठमाडौं : प्रहरी नियन्त्रणमा परेपछि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका एमाले अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन्।

गत शनिबार पक्राउ परेलगत्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएका ओली हाल चिकित्सकको निगरानीमा रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए।

उनका अनुसार पित्तथैलीमा पत्थरी र पिसाबमा सङ्क्रमण देखिएपछि ओलीलाई निगरानीमा राखिएको हो। प्रवक्ता डा सेढाईंले उनको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको बताए।

ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार प्रहरीले पक्राउ गरेपछि उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो

चैत १७, २०८२ मंगलबार २२:१५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।