सुरेन्द्र प्रधानमन्त्रीको प्रेस सहजकर्तामा नियुक्त

सुरेन्द्र प्रधानमन्त्रीको प्रेस सहजकर्तामा नियुक्त

काठमाडौं : पत्रकार सुरेन्द्र बजगाईँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा नियुक्त भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी मंगलबार नियुक्त भएका हुन्। 

बाह्रखरी, उकेरा, नेपाल लाइभ लगायतका मिडियामा काम गरेका उनी बालेन काठमाडौं महानगरपालिकाको मेयर रहँदा उनको सचिवालयमा रहेर प्रेस संयोजकको रूपमा कार्यरत थिए। राजनीतिक रूपमा विवेकशील अभियानमा जोडिएका उनी बालेनको झापा ५ को प्रचारमा सक्रिय थिए।

चैत १७, २०८२ मंगलबार २०:२०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।