न्यूजिल्याण्ड पठाइदिने भनी १६ लाख ठगी गर्ने नगरकोटी पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार ललितपुरको गोदावरी नगरपालिका-१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीलाई पक्राउ गरिएको हो।
उनले न्युजिल्यान्ड पठाइदिने बहानामा १६ लाख ३० हजार ठगी गरेको अभियोगमा नगरकोटीलाई मंगलबार पक्राउ गरिएको जानकारी दिए। अभियुक्तलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
चैत १७, २०८२ मंगलबार १५:५०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।