१९.७० अंकले बढ्यो नेप्से, ११ अर्बको कारोबार

१९.७० अंकले बढ्यो नेप्से, ११ अर्बको कारोबार

काठमाडौं : मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। अघिल्ला दुई दिनमा एक सय १९ अंक घटेको बजार तेस्रो दिन भने बढेको हो।

नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) १९.७० अंकले बढेर २८५१ विन्दुमा पुगेको छ। 

नेप्से बढेपनि कारोबार रकम सामान्य घटेको छ। आज ११ अर्ब ११ करोडको भयो। अघिल्लो दिन १२ अर्ब ९६ करोडको कारोबार भएको थियो।

१९५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ९ को स्थिर रह्यो।

आज म्युच्युअल फण्ड र अन्य समुहका उपसूचक बाहेक सबै उपसूचकहरू बढेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९४ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ ०.७६, विकास बैंक ०.९०, फाइनान्स १.१२, होटल तथा पर्यटन १.००, हाइड्रोपावर ०.७५, लगानी ०.५६, जीवन बीमा ०.५२, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.७६ र व्यापार समूह ०.७४ प्रतिशत बढे। अन्य समूह ०.५५ प्रतिशत घट्यो।

रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र होटल फरेस्ट इनको सेयर मूल्य  १० प्रतिशत बढ्यो। सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिकको ९.९७  प्रतिशत बढ्यो।

आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल र कुमारी बैंक छन्।

चैत १७, २०८२ मंगलबार १५:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।