जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
जुम्ला : जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा भएको ट्याक्टर दुर्घटनामा तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावतको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।
चैत १७, २०८२ मंगलबार १४:११:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।