प्रधानमन्त्रीका सल्लाहकारको छ वर्ष पुरानो स्टाटस ‘भाइरल’, के लेखेका थिए?

प्रधानमन्त्रीका सल्लाहकारको छ वर्ष पुरानो स्टाटस ‘भाइरल’, के लेखेका थिए?

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकारको छ वर्ष पुरानो फेसबुक स्टाटस एकाएक भाइरल बनेको छ।

२०७७ पुस ५ गते उनले लेखेको फेसबुक स्टाटस अहिले भाइरल बनेको हो। फेसबुक स्टाटसमा उनले राजसंस्था पुनर्स्थापना गर्नुपर्छ भनेका थिए।

उनले लेखेका थिए, ‘सुधारिने मौका अब राजालाई दिनुपर्छ। राजा आउ देश बचाऊ...’

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमाले र माओ‌वादी केन्द्रको गठबन्धनपछि सरकार बनेको थियो भने पार्टी नै एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो। उक्त दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए।

तर तत्कालीन प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक किचलोलाई सल्ट्याउका लागि २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले त्यसलाई उल्ट्याइदिएको थियो।

त्यो समयसम्म अहिलेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार शाह राजनीतिमा प्रवेश नै गरेका थिएनन्। २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा गर्दा उनी सुरुवाती दिनदेखि नै यस अभियानमा जोडिएका थिए भने पछि समानुपातिक कोटामा परेर सांसद समेत बने।

गत फागुन २१ मा सम्पन्न निर्वाचनमा उनी पार्टीको गतिविधिमा सक्रिय भए पनि प्रत्यक्ष वा समानुपातिकतर्फ निर्वाचन लडेका थिएनन्। उनकै सक्रियतामा अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीचको एकता सम्भव भएको हो।

प्रधानमन्त्रीका सल्लाहकारले राजसंस्था फर्काउने भनेर लेखेको पुरानो स्टाटस भाइरल भएपछि उनको आलोचना सुरू भएको छ।

चैत १७, २०८२ मंगलबार १३:३०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।