तोलामा छ हजार सात सय रुपैयाँ बढ्यो सुन, चाँदी पनि महँगियो
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा छ हजार सात सय र चाँदीमा एक सय ४५ रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार दुई सयमा कारोबार भइरहेको छ। सोमबार दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी भने तोलामा चार हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरेको छ। सोमबार चाँदी चार हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
चैत १७, २०८२ मंगलबार ११:१७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।