ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वातावरण संरक्षण र स्वच्छतालाई प्राथमिकता दिँदै मंगलबारदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ।
मन्त्रालयले दिगो विकासको लक्ष्य प्राप्त गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न यो ठोस कदम चालेको हो।
प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो निर्णय गरिएको जनाइएको छ ।
मन्त्रालयले यो निर्णयको कार्यान्वयन गर्न आफ्ना सबै कर्मचारी र सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ।
चैत १७, २०८२ मंगलबार १०:५०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।